शनिबार, कार्तिक १०, २०८१
18:26 | २३:११

बेलायतस्थित नेपाली समुदायमा बढे घरेलु हिंसा, पीडितलाई सघाउन च्यारिटी

नेपाली लिङ्क जुन १६, २०२४


लन्डन – घरेलु हिंसाबाट पीडित परिवारको सहयोगको लागि द गोर्खा सेन्टरले च्यारिटी डिनर आयोजना गरेको  छ।

साउथ ह्यारो स्थित नेवा छें रेस्टुरेन्टमा शुक्रबार बेलुका आयोजित च्यारिटी डिनरमा नेपाली तथा भारतीय समुदायका  व्यवसायी तथा समाजसेवीहरुको उपस्थिति थियो।   

“हाल बेलायतस्थित नेपाली समुदायमा घरेलु हिंसाका घटनाहरु बढिरहेका छन्। पीडितलाई कानूनी सहायताका साथै आर्थिक सहयोग पनि गर्न सकियोस् भन्ने उद्देश्यले हामीले च्यारिटी डिनर राखेका हौँ,” द गोर्खा सेन्टरका संस्थापक तथा सीइओ भीम तामाङले भने। 

उनले घरेलु हिंसा विरुद्ध बेलायतमा निकै कडा कानून रहेकाले त्यस्तो हिंसा सहेर नबस्न र कानूनी उपचार खोज्न पनि सुझाव दिए।

डिनरमा चर्चित शेफ तथा गुडवील एम्ब्यासडर बिनोद बरालले परम्परागत नेवारी तथा नेपाली पाक कलामा आधारित विशेष भोजन तयार गरेका थिए । उनले सहभागी सबैलाई धन्यवाद दिए।  

कार्यक्रममा गायिका शर्मिला बर्देवा तथा प्रमोद शर्माले लोकप्रिय नेपाली तथा हिन्दी गीतहरु प्रस्तुत गरेका थिए।

गोर्खा भेट्रान्स तथा तिनका परिवारलाई विभिन्न सेवा प्रदान गर्दै आएको द गोर्खा सेन्टरले हालै उच्च शिक्षा अध्ययनका लागि बेलायत आएका नेपाली विद्यार्थीहरुको सहयोगकालागि पनि कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रमबाट बचेको रकम घरेलु हिंसाबाट पीडित परिवारलाई प्रदान गरिने तामाङले जनाए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू