आइतबार, भदौ २३, २०८१
02:45 | ०७:३०

लामाको निधनले नेपाली जन सम्पर्क समिति बेलायत मर्माहत

नेपाली लिङ्क मे १५, २०२४

लण्डन– बेलायतको नेपाली समुदायका एक अग्रज अभियन्ता आङ कलजंग लामाको असामयिक निधनप्रति नेपाली जन सम्पर्क समिति बेलायतले शोक व्यक्त गरेको छ ।

समितिका कार्यकारी सभापति महेश कुमार दाहालले एक वक्तव्य जारी गर्दै लामाको निधनले आफू, सिंगो कार्यसमिति र  काँग्रेसी कार्यकर्ता मर्माहत भएको जनाएका छन् ।  

दाहालले स्वर्गीय लामाको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै भगवानसँग प्रार्थना पनि गरेका छन् ।  

‘हाम्रो राजनीतिक आस्था फरक थियो तर उहांसँग लोकतान्त्रिक आन्दोलन र नेपाली समाजको हितका सवालमा सधैं सहकार्य र सामिप्यता रह्यो’ दाहालले भनेका छन् ’बेलायतको नेपाली समुदायले एक होनहार योद्धा गुमाएको छ । ‘

प्रवासी नेपाली मञ्च (तत्कालिन नेपाली लोकतान्त्रिक मञ्च) यूकेका संस्थापक अध्यक्ष ५७ वर्षीय लामाको मंगलबार काठमाडौंमा निधन भएको हो ।

काठमाडौं बौद्धमा मर्निङ वाकमा निस्किएका बेला ढलेर बेहोस भएका लामालाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषित गरेको पारिवारिक स्रोतले उल्लेख गरेको छ । 

एनआरएनए यूकेका पूर्व उपाध्यक्ष एवं संस्थापक सदस्य स्वर्गीय लामा प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटीको सल्लाहकार परिषदका वर्तमान सदस्य थिए ।

केही समयदेखि नेपालमा रहेर प्रपर्टी व्यवसायमा सक्रिय उनी विगत तीन महिनादेखि नेपालमै थिए ।

स्वर्गीग लामा तीन दशकभन्दा अघि बेलायत आइसकेका यहाँको नेपाली समुदायका एक अग्रज हुन् । उनका श्रीमती र दुई छोरा बेलायतमै बस्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू