नेपाल र इङ्ल्यान्डबीच ऐतिहासिक फुटबल खेल हेर्दा दर्शकले विभिन्न नियम पालना गर्नुपर्ने
![](https://www.nepalilink.com/wp-content/uploads/2024/02/horizontal.gif)
![](https://www.nepalilink.com/wp-content/uploads/2020/04/anugraha_810.gif)
लण्डन । नेपाली राष्ट्रिय टिम र इङ्ल्यान्ड ‘सी’ बीच सोमबार हुन लागेको ऐतिहासिक फुटबल खेल हेर्न आउने दर्शकहरुले विभिन्न नियम पालना गर्नुपर्ने भएको छ ।
खेल आयोजक अल्डरसट टाउन फुटबल क्लबले ति नियमहरु स्थानीय फायर ब्रिगेड, प्रहरी, ह्याम्पशायर काउन्टी काउन्सिल, रश्मोर बरो काउन्सिल, एम्बुलेन्स सेवालगायत संलग्न रहेको सेफ्टी एड्भाइजरी ग्रुप (सुरक्षा सल्लाहकार समूह) बाट जारी भएको जनाएको छ।
क्लबले ऐतिहासिक खेलमा सबै दर्शकहरुलाई भेट्न र स्वागत गर्न आतुर रहेको जनाउंदै खेल हेर्न रंगशालामा आउने दर्शक र अरु सबैको सुरक्षाका निम्ति जारी नियम पालना गर्न पनि क्लबको अपिल छ।
नियम यस्ता छन् :
खेल हेर्न रंगशालाभित्र आउंदा सबैका झोलाहरु जाँच गरिनेछ । ग्राउन्डमा कुनै पनि प्रकारको ‘अल्कोहोल’ ल्याउन पाइनेछैन् । पिचबाट देखिने सबै क्षेत्रमा अल्कोहललाई बन्देज गरिएको छ ।
त्यस्तै, कुनै पनि खालका चम्किने ‘फ्लेयर’ वा पटकाजस्ता सामग्री ल्याउन कडाइका साथ रोक लगाइएको छ।
खेल हेर्दा बस्ने ठाउँमा उभिनु हुँदैन। निर्दिष्ट (तोकिएको) क्षेत्रहरूमा मात्रै धुम्रपान गर्न सकिनेछ। कुनै पनि समय वा अवस्थामा खेलमैदानमा पस्न पाइने छैन ।
यी नियमहरु पालना नगर्नुलाई ‘अपराध’ मानिनेछ । कुनै पनि ‘अपराध’ गर्नेहरुलाई मैदानबाट बाहिर निकालिनेछ र उनीहरुले क्रिमिनल रेकर्ड (आपराधिक रेकर्ड) को सामना गर्नुपर्नेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५