बिहीबार, पुष ११, २०८१
04:16 | १०:०१

बेलायत रश्मोर काउन्सिलरमा नेपालीमूलका तीनै उम्मेद्वार पराजित

नेपाली लिङ्क मे ३, २०२४

नेपाली मूलका उम्मेद्वारको पक्षमा अभियान गर्दै स्थानीय नेपाली

लन्डन- बेलायतमा नेपालीको राजधानी भनिने रश्मोर बरोको  काउन्सिलरमा नेपाली मूलका तीनै उम्मेद्वार पराजित भएका छन्।

विहीबार सम्पन्न स्थानीय निर्वाचनमा काउन्सिलर पदका उम्मेद्वारहरु जीव बेल्वासे, नेम थापा र डा विशाल गुरुङ निर्वाचित हुन सकेनन् ।  

सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट उम्मेद्वार तीनै जना आ-आफ्नो वडामा लेबर पार्टीका उम्मेद्वारबाट पराजित भए ।  

उनीहरुमध्ये बेल्वासे र थापाले यसअघि निर्वाचित भएर एक कार्यकाल काउन्सिलरको जिम्मेवारी पूरा गरिसकेका छन् भने डा गुरुङ पहिलोपटक उम्मेद्वार बनेका थिए ।  

निर्वाचन नतिजाअनुसार रश्मोर म्यानर पार्क वडामा बेल्वासेले ९ सय २७ मत प्राप्त गरी उपविजेता बन्दा लेबर पार्टीका उम्मेद्वार १ हजार ३४ मतसहित निर्वाचित भए ।  

त्यस्तै,  चेरीवुड वडामा थापाले ४ सय ९८ मत ल्याएर दोस्रो भए भने विजयी लेबर उम्मेद्वारले ९ सय ४९ मत ल्याए ।  

वेलिङटन वडामा डा गुरुङले ५ सय ३ मत र विजयी लेबर उम्मेद्वारले ७ सय ४४ मत पाए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू