काठमाडौं–इलाम २ मा शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुरुवाती अग्रता कायम गरेका छन् ।
निर्वाचन आयोगको पछिल्लो नतिजा अनुसार कांग्रेसका उम्मेदवार खड्काले ११४५ मत प्राप्त गर्दा नेकपा एमालेका सुहाङ नेम्वाङले १०७३ मत पाएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूले ३१३ मत प्राप्त गरेका छन् भने रास्वपाका उम्मेदवार मिलन योङहाङ लिम्बूले २११ मत पाएका छन्।