सोमबार, माघ २१, २०८१
15:53
|
२१:३८
फागु खेल्दाको विवादपछि झडप हुँदा दुई युवाको मृत्यु
नेपाली लिङ्क
मार्च २५, २०२४
काठमाडौं- फागु खेल्ने क्रममा विवादपछि भएको झडपमा ललितपुरको ढोलाहिटीमा दुई युवाको ज्यान गएको छ।
दुई समूहको झडपका क्रममा २८ वर्षीय रेवाज राई र ३० वर्षीय पूजन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवैको मृत्यु धारिलो हतियार प्रहारबाट भएको अस्पतालले जनाएको छ । छुरा प्रहारबाट घाइते भएका उनीहरुलाई नजिकैको सुमेरु अस्पताल लगिएको थियो ।
मृतक युवाको छात्ती र तिघ्रामा छुरा प्रहार गरेको गहिरो घाउ छ। रेवाजको पाटन अस्पताल र पूजनको सुमेरु अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैजना सुनसरी धरानका स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ ।
दिउँसो भएको विवादलाई लिएर राति १० बजे दुई समूहबीच झगडा भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ