शनिबार, कार्तिक १०, २०८१
18:29 | २३:१४

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै संसदमा कांग्रेसको नारावाजी

नेपाली लिङ्क मार्च १५, २०२४

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसदमा नारावाजी गरेको छ ।  

शुक्रबार प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन् ।

उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरे । 

कांग्रेसको अवरोधसँगै प्रतिनिधिसभाको अर्को बैठक आइतवार ११ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू