शनिबार, कार्तिक १०, २०८१
18:27 | २३:१२

ज्ञवाली र प्रजापतिलाई लन्डन ग्रीनवीच बरोको सिभिक अवार्ड

नेपाली लिङ्क मार्च ८, २०२४


लन्डन-लन्डनको रोयल ग्रीनवीच बरोले प्रदान गर्ने ‘सिभिक अवार्ड’ बाट यस वर्ष नेपाली समुदायका दुई हस्ती सम्मानित भएका छन् ।

साउथ इष्ट लन्डनवासी सामाजिक अभियन्ताद्धय विनोद ज्ञवाली र सुशिल प्रजापतिले ग्रीनवीच बरोको सिभिक अवार्ड प्राप्त गरेका हुन्।

विहीबार साँझ वुल्लीच टाउन हलमा आयोजित एक विशेष समारोहमा उनीहरुसंगै समुदायमा योगदान गर्ने तीन दर्जन यो अवार्डबाट सम्मानित भएका छन् ।

बरोका मेयर डोमिनिक एमबाङ, उपमेयर जीत रानाभाट, काउन्सिल लिडर ओकेरेकेलगायतले विजेताहरुलाई अवार्ड वितरण गरेका थिए।

ग्रीनवीच बरोले ज्ञवालीलाई खेलकुद र प्रजापतिलाई सांस्कृतिक विधामा अवार्ड प्रदान गरेको हो ।

ज्ञवालीले लामो समयदेखि स्थानीय युवाहरुमा भलिबल खेलप्रतिको आकर्षण र सक्रियता बढाउन योगदान गरेबापत ‘स्पोर्टिङ एचिभमेन्ट अवार्ड’ पाएका हुन्।

त्यस्तै, प्रजापतिले नयाँ पुस्तामा नेपाली मौलिक संस्कृति प्रवद्र्धन तथा हस्तान्तरणमा गरेको योगदानका लागि ‘आर्टस् एण्ड इन्टरटेनमेन्ट अवार्ड’ प्राप्त गरेका हुन् ।

बरोले सामाजिक, आर्थिक तथा कला र संस्कृतिको क्षेत्रमा समेत समुदायमा योगदान पुर्याउनेहरुको पहिचान र सम्मानका लागि वर्षेनी सिभिक अवार्ड वितरण गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू