बिहीबार, पुष ११, २०८१
15:08 | २०:५३

नयाँ गठवन्धनको क्याबिनेटमा कुन दलबाट को मन्त्री ? (सूची)

नेपाली लिङ्क मार्च ६, २०२४

गठवन्धनमा एमाले, माओवादी, रास्वपा र जसपा सहभागी भइसकेका छन् भने एकीकृत समाजवादी पनि सामेल हुने भएको छ

काठमाडौँ- नयाँ गठवन्धनले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ।

भागवन्डाको सहमतिअनुसार नेकपा (एमाले) ले ८, नेकपा (माओवादी केन्द्र) ले ५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन्।

गठबन्धनमा सहभागी जसपाका मन्त्रीहरूको टुंगो लागिसकेको छैन्। त्यस्तै, नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भएपनि मन्त्रीको नाम पठाइसकेको छैन्।

नयाँ मन्त्रीहरुको शपथ बुधबार नै गराइने तयारी छ।  

कुन पार्टीबाट को बन्ने भए मन्त्री?

नेकपा एमाले

१. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

२. राजेन्द्रकुमार राई, भूमि व्यवस्था तथा सहकारी मन्त्री

३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

४. बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री (हेरफेर हुन सक्ने) 

५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

७. हरि उप्रेती, रक्षा मन्त्री

८. ज्वालाकुमारी साह, कृषि मन्त्री

नेकपा (माओवादी केन्द्र)

१. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

२. वर्षमान पुन, अर्थमन्त्री

३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी

१. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

२. डोलप्रसाद अर्याल (डिपी), श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

३. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

४. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू