बुधबार, पुष १७, २०८१
23:57 | ०५:४२

कांग्रेस महासमिति बैठकमा बेलायतबाट ६ प्रतिनिधि सहभागी

नेपाली लिङ्क फ्रेब्रवरी १९, २०२४

महासमिति बैठकमा सहभागी जनसम्पर्क समिति यूके सभापति महेशकुमार दाहाल र विज्ञान प्रसाईं

लन्डन-नेपाली कांग्रेसको महासमिति बैठकमा बेलायतबाट ६ जना प्रतिनिधि सहभागी भएका छन्।

सोमबार ललितपुरमा शुरु भएको महासमिति बैठकमा जनसम्पर्क समिति यूकेका कार्यकारी सभापति महेशकुमार दाहाल, सभापतिहरु युवराज गुरुङ र कोपिला सुब्बा, विज्ञान प्रसाईं, आलेख चौहान र विनोद मोक्तान प्रतिनिधिका रुपमा सहभागी बनेका हुन्।

सभापति दाहालले महासमिति बैठकमा बेलायतबाट ६ जनाको सहभागिता रहेको नेपालीलिंकलाई जानकारी दिए। बेलायत र सिंगो डायस्पोरास्थित कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरुको आवाजलाई आफूहरुले बैठकमा प्रतिनिधित्व गराउने दाहालले बताए।  

गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता स्वतन्त्रता न्याय र समानता नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता’ भन्ने मूल नाराका साथ महासमिति बैठक शुरु भएको हो।

पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने महासमिति बैठक यही फागुन १० गतेसम्म चल्नेछ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू