बुधबार, पुष १७, २०८१
00:26
|
०६:११
बेलायत आइपुगे तीन सय ३७ नयाँ भर्ती गोर्खा सैनिक (भिडियो)
नेपाली लिङ्क
फ्रेब्रवरी १३, २०२४
लन्डन- यस वर्ष नेपालबाट बेलायती सेनाको गोर्खा ब्रिगेडमा भर्ती हुन सफल सैनिकहरु बेलायत आइपुगेका छन्। कठोर छनोट प्रक्रिया पार गर्दै इन्टेक २०२४ मा अन्तिम छनोटमा परेका तीन सय ३७ सैनिक गत साता बेलायत उत्रिएका हुन्।
बेलायत आएसँगै नयाँ भर्ती सैनिकहरुको आधारभूत प्रशिक्षण इन्फेन्ट्री ट्रेनिङ सेन्टर क्याटरिकमा शुरु भएको छ।
नौ महिना लामो प्रशिक्षण सकिएपछि मात्र उनीहरु आ-आफ्नो कार्यक्षेत्रमा खटिनेछन्।
बेलायती सेनामा भर्ती भएर यहाँ आएका नेपाली युवाहरु निकै उत्साहित छन्। प्रशिक्षार्थी राइफलम्यान मिखायल राईले भने- ‘म सन् २०२४ को इन्टेकमा छनोट भएर गोर्खा ब्रिगेडको महान इतिहासको हिस्सा बन्न पाउँदा गर्व लागेको छ। यो मेरो लागि ठूलो उपलब्धि हो, म यहाँ उभिन पाउँदा धेरै खुशी छु।’
स्रोत: फोर्सेज् न्यूज
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५