शुक्रबार, माघ ४, २०८१
20:20 | ०२:०५

एसआइ यूकेको बेलायत अध्ययन सम्बन्धी मेला फेब्रुअरी ३ देखि

नेपाली लिङ्क जनवरी ३०, २०२४


काठमाडौँ – एसआइ यूकेले यही फेब्रुअरी ३ देखि एजुकेसन फेयर गर्ने भएको छ ।

कम्पनीले दरबारमार्गस्थित याक एण्ड यती होटलमा एक पत्रकार सम्मेलन गरि बेलायत अध्ययन सम्बन्धी ‘एजुकेसन फेयर’ गर्न लागिएको जानकारी दिएको हो।

एसआइ यूकेको पुतलीसडकस्थित केन्द्रीय कार्यालय काठमाडौँमा फेब्रुअरी ३ तारिख, पोखरामा ५ तारिख, बुटवलमा ७ तारिख र चितवनमा ९ तारिखका दिन फेयर गरिंदै छ ।  

एसआइ यूकेले बेलायतका टप ३५ विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा नेपाली विद्यार्थीलाई बेलायत अध्ययन सम्बन्धी जानकारी दिन मेला गर्न लागेको एसआइ यूकेका डाइरेक्टर विनय अधिकारीले बताए। 

उक्त शैक्षिक मेलामा बेलायती विश्वविद्यालयहरुको शैक्षिक वातावरण, फि, बेलायतको नियम कानुन सम्बन्धि जानकारी लगायत विद्यार्थीहरुले प्रत्यक्ष कुराकानी गरेर आफ्नो शंका मेटाउन सकुन् भन्ने उद्देश्यले फेयर गर्न लागिएको अधिकारीले बताए ।  


उनले भने, ‘पछिल्लो समय बेलायत सरकारले विद्यार्थीहरुका लागि नयाँ नीति ल्याएको छ । यो नीतिको बजारमा गलत प्रचार भैरहेको छ, अध्ययन अनुसन्धान गर्न जानेको हकमा कुनै समस्या छैन, विशुद्ध पढ्न जाने विद्यार्थीलाई यसले कुनै असर गर्दैन । ब्याचलर र मास्टर्समा डिपेन्डेन्ट केसमा थोरै रुल चेन्ज भएको हो तर रिसर्च र त्यो भन्दा माथि अध्ययन गर्न जानेहरुको लागि कुनै समस्या छैन ।’

बेलायत अध्ययनका लागि गएका विद्यार्थीहरुले काम नपाएर अलपत्र परेका भन्ने पत्रकारको प्रश्नको जवाफमा अधिकारीले सीप सिकेर गएका विद्यार्थीहरुले गएको केही दिनमै काम पाएको र पढाइको बीचमा पनि हप्ताको २० घण्टा काम गर्न अनुमति भएकाले कुनै समस्या नआएको दाबी गरे।

एसआइ यूकेबाट विद्यार्थी भिसामा गएकाहरुलाई आवास, काम र क्षमता अभिवृद्धिका लागि समेत बेलायतका विभिन्न ठाउंमा ट्रेनिङ सेन्टर खोलेर तालिम दिइराखेको र नेपालमा पनि त्यो तयारी भैरहेको अधिकारीले जनाए। 

‘त्यतिमात्र होइन हामीले सस्तो टिकट आफै बुक गर्दिएर सुरक्षित साथ सम्वन्धित ठाउमा पुरयाउन सहजीकरण गरिदिएका छौं, एसआइ यूकेबाट बेलायत अध्ययन गर्न जाने र गैसकेका विद्यार्थीहरुमा केहि समस्या आए त्यसको जिम्मा हामी लिन्छौं । विद्यार्थी पढ्न पठाउने हाम्रो चाहना हो । अध्ययन पछि विद्यार्थीले नेपाल फर्केर देशका लागि केही इन्भेस्ट गरोस् भन्ने छ । हामी व्यवसायी हौं कमाउने पनि हो तर इथिक्समा बसेर’ उनले भने।

एसआइ यूकेबाट बेलायत अध्ययन गर्न गएका प्रत्येक विद्यार्थीहरु आफ्नो सम्पर्कमा रहेको बताउंदै अधिकारीले जुन विद्यार्थीलाई समस्या आउंछ आफू स्वयम् लागेर त्यसको समाधान गरिरहेको जिकिर गरे ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू