शनिबार, कार्तिक १०, २०८१
18:25 | २३:१०

एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

रासस जनवरी २७, २०२४

काठमाडौँ, माघ १३-  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन् ।

ललितलपुर च्यासलस्थित एमाले पार्टी मुख्यालयमा शनिबार भएको भेटमा नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध लगायत विषयमा छलफल भएको थियो ।

भेटमा समसामयिक राजनीतिक विषयहरुसँगै नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध लगायत विषयहरुमा छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताए ।

उनका अनुसार भेटमा अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिष्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे । उपमन्त्री सुन हायानले पनि दई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू