शनिबार, कार्तिक १०, २०८१
18:37 | २३:२२

प्यालेस्टिनी र इजराइलीबीच भीषण सङ्घर्ष

रासस/सिन्ह्वा जनवरी २२, २०२४

इजरायल गाजा सीमा नजिक बख्तरबन्द गाडीमा सवार इजरायली सेना । तस्विर- एपी

गाजा, माघ ८– दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।

प्यालेस्टिनी लडाकू र इजराइली सेनाबीच भीषण सङ्घर्ष हुँदा सहरको पश्चिमी क्षेत्रहरूमा इजराइली युद्धक विमान र तोपखानाले हिंसात्मक बमबारी गरेको बताइएको छ ।

उक्त क्षेत्रमा हजारौँ विस्थापित प्यालेस्टिनी बसेका छन् ।

गाजा पट्टीमा जारी इजराइली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २५ हजार दुई सय ९५ पुगेको गाजास्थित स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा इजराइली सेनाद्वारा एक सय ९० प्यालेस्टिनी मारिएको र तीन सय ४० जना घाइते भएका छन् । जारी इजराइल–हमास युद्धमा सन् २०२३ अक्टोबर ७ यता कम्तीमा ६३ हजार प्यालेस्टिनी घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू