मंगलबार, माघ २२, २०८१
03:42 | ०९:२७

कोरोना अनुसन्धानबाट परिषद्को चर्चा अन्तरराष्ट्रियस्तरमा 

नेपाली लिङ्क जनवरी १४, २०२४

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको अनुसन्धानले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल भएको छ ।   

कोरोना महामारी फैलिरहेका बेला परिषद्ले कोभिड–१९ सँग सम्बन्धित विभिन्न अध्ययन अनुसन्धान गरेको छ । परिषद्ले कोभिड–१९ का मात्र दुई हजार पाँच सयभन्दा बढी जेनेटिक (अनुवांशिक) अध्ययन नमूना परीक्षण गरिसकेको छ ।  

परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले कोभिड–१९ को औषधिसँग सम्बन्धित ट्रायल, नेपालमा नै पहिलोपटक कोभिड–१९ को आणुवांशिक अध्ययन (जेनेटिक अध्ययन), खोपको तेस्रो तहको अध्ययन जस्ता कामले परिषद्लाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सफल भएको बताए । 

उनका अनुसार परिषद्ले कोभिड–१९ महामारीको समयमा आइसोलेसन, क्वारेन्टिन, प्रयोगशाला र कोभिड–१९ को उपचार गर्न अस्पतालका अवस्था, कोरोना भाइरस कुन तहमा फैलिएको हो तथा फेसमास्क प्रयोगको अध्ययनलगायत ४० भन्दा बढी अध्ययन गरेको छ ।  

परिषद्का कार्यकारी प्रमुख डा ज्ञवालीले परिषदमा दरबन्दी ७० रहेकामा कार्यरत २२ जना छन् र तीमध्ये दुईजना मात्र अनुसन्धान अधिकृत हुन् । उनले स्थायी कर्मचारी भर्ना प्रक्रिया अगाडि बढेको बताए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू