बिहीबार, पुष १८, २०८१
21:24
|
०३:०९
दाङ बस दुर्घटनामा १२ को निधन, घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन
रासस
जनवरी १३, २०२४
काठमाडौं, पुस २८- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुबाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरूको प्रभावकारी उपचारका लागि निर्देशन दिएका छन्।
प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खसेको थियो। सो दुर्घटनामा परी १२ यात्रुको मृत्यु भएको थियो।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५