मंगलबार, पुष २३, २०८१
12:17 | १८:०२

बीसीसी यूकेद्वारा खेन्पो तुलाचनको विदाई र खैबा कर्मको स्वागत

नेपाली लिङ्क जनवरी १२, २०२४


लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचनको विदाई गरेको छ । गत १० जनवरीका दिन अल्डरसटस्थित गुम्बामा बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङ र आमा प्रमुख उर्मिला गुरुङले खादा लगाई उनको विदाई गरिएको हो ।

बीसीसी यूकेले गत ३१ डिसेम्बर अर्थात् पौष १५ गते गरेको तमू (गुरुङ) ल्होछार कार्यक्रमका लागि बेलायत आएका खेन्पो किरण करिब २ हप्ताको बसाईपश्चात नेपाल फर्किन लागेका हुन् । त्यस्तै, बीसीसी यूकेको निमन्त्रणामा बेलायत आइपुगेका धर्मगुरु खैबा कर्मलाई स्वागत गरिएको छ । खैबा कर्मले करिब ५ महिना गुम्बामा रहेर भक्तजनहरुको सेवा गर्ने छन् । 

कार्यक्रममा बीसीसी यूके अध्यक्ष हर्क बहादुर गुरुङले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछार कार्यक्रमका लागि विशेष आतिथ्यसहित पूजापाठ, प्रवचन तथा अभिषेक (वाङ्ग) दिएकोमा खेन्पो किरणलाई धन्यवाद दिए । खेन्पो किरणले बीसीसी यूकेले गरेको स्वागत, सत्कार तथा सम्मानका लागि धन्यवाद दिए । 


सो अवसरमा बीसीसी यूकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सल्लाहकार कमल गुरुङ, सल्लाहकार पूर्ण गुरुङ, आमाहरुलगायत आफन्तजन, इष्टमित्र र शुभचिन्तकहरुले खेंपों र खैबालाई खादा लगाई दिएका थिए । 

बीसीसी यूकेका खेन्पो गुरु कर्म छुल्त्रिम, धर्मशालाबाट आएका ६ जना धर्मगुरु, बौद्ध अर्घौं सदन पोखराका लामा हर्क जंग घले, प्रदीप गुरुङ, पुरन गुरुङलगायतको समेत उपस्थिति रहेको विदाई कार्यक्रममा भक्तजनहरुको समेत उल्लेख्य उपस्थिति थियो । 

स्मरण रहोस्, खेन्पो तुलाचनले बीसीसी यूकेले आयोजना गरेको तमू ल्होछार पर्वका दिन धार्मिक प्रवचन, दीप प्रज्ज्वलन, घ्यासी, आयू, छोग, घनचक्र पूजाका साथै आयूको अभिषेक प्रदान गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू