आइतबार, मंसिर ९, २०८१
06:10 | ११:५५

सन् २०२४ को विश्व आर्थिक वृद्धि सुस्त रहने

रासस/सिन्ह्वा जनवरी ५, २०२४

संयुक्त राष्ट्रसङ्घ, पुस २० गते । सन् २०२४ मा आर्थिक बृद्धि घटेर २.४ प्रतिशत कायम रहने संयुक्त राष्ट्रसङ्घको अवस्था र सम्भावना २०२४ नामक प्रतिवेदनले बिहीबार सार्वजनिक गरेको छ । सन् २०२३ मा विश्व आर्थिक बृद्धि २.७ प्रतिशत रहेका थियो । विश्वव्यापी कमजोर व्यापारीक क्रियाकलाप, उच्च सार्वजनिक ऋण, लगातार घट्दो लगानी दर तथा बढ्दो भूराजनीतिक तनावले विश्वव्यापी वृद्धिलाई जोखिममा पारेको प्रतिवेदनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकामा उच्च ब्याज दर न्युन उपभोक्ता खर्च तथा कमजोर श्रम बजारहरुका कारण सन् २०२४ मा आर्थिक वृद्धि सुस्त हुने अनुमान गरिएको छ । विकासोन्मुख देशहरु पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरु संकुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गएका छन् ।

न्यून आय तथा कमजोर अर्थतन्त्रहरुले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा  विकासशील राज्यहरुको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने रिपोर्टले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू