एनआरएनए यूकेले पश्चिम नेपालका भूकम्पपीडितलाई गर्यो झन्डै १० लाख सहयोग
लन्डन । एनआरएनए यूकेले पश्चिम नेपालका भूकम्पपीडितलाई करिब १० लाख रुपैयां सहयोग गरेको छ ।
एनआरएनए यूकेले आफ्नो कार्यसमिति र अन्य चन्दादाताबाट संकलित ५ हजार ८२८ पाउण्ड, ४७ पेन्स बराबरको रकम भूकम्पपीडितलाई प्रदान गरेको हो ।
आज बिहीबार एनआरएनए पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेको एमआइटी ग्रुप फाउण्डेशन र ग्लोबल एनआरएन फाउण्डेशनमार्फत पीडितलाई दिइएको अध्यक्ष प्रेम गाहामगरले जनाए ।
गत ३ नोभेम्बर २०२३ राती गएको ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र पश्चिम रुकुम लगायत क्षेत्रमा ठूलो धनजनको क्षति भएपछि एनआरएनए यूकेले तत्काल भूकम्प पीडितहरुका लागि व्यक्तिगत तथा संस्थागत रुपमा चन्दा आव्हान गरेको थियो ।
बेलायतवासी संघसस्था तथा नेपालीले दिल खोलेर सहयोग गरेको जनाउंदै अध्यक्ष गाहामगरले दाताहरुप्रति आभार व्यक्त गरेका छन् । उनले प्राकृतिक विपत्तिको मार खेपिरहेका कर्णालीवासीलाई गाँस, बास र कपासको जोहो गराउन चन्दादाताबाट प्राप्त सहयोग महत्वपूर्ण र प्रशंसायोग्य रहेको पनि बताए ।
गाहामगरले डा. घले जस्तो विश्वसनीय र उदार मन भएका व्यक्तित्वको सहकार्यमा पीडितलाई सहयोग गर्न पाउनु आफ्ना लागि गौरवको विषय भएको जनाउंदै संकलित रकममा एक पेनी पनि तल माथि नगरि सदुपयोग हुने विश्वास दिलाए । चन्दा संकलनको संयोजन उपाध्यक्ष तीर्थ बहादुर मल्ल (अनिल) ले गरेका थिए ।
उता, एमआइटी ग्रुप फाउण्डेशनले रु. ५० लाख र ग्लोबल एनआरएन फाउण्डेशनले रु. ५० लाख प्रदान गरेका छन् ।
चन्दादाता:
चन्द्र बहादुर राई, अध्यक्ष किराँत राई यायोक्खा बेलायत तथा ध्रुवसरि राई अध्यक्ष किराँत राई यायोक्खा ग्रेटर रसमोर ब्रान्च, बेलायत- पाउण्ड १२७५.००
गो फण्डबाट- पाउण्ड ४८०.४७
नरेश गुरुङ, अध्यक्ष नेपाली मुलवासी, युनाइटेड यूके- पाउण्ड ५५५.००
एनआरएनए आइसीसी सदस्य शारदा गुरुङ र परिवार – पाउण्ड ४०७.००
कुमार फगामी, अध्यक्ष मोना यूके- पाउण्ड ३००.००
वीर बलाल, अध्यक्ष गुल्मी जिल्ला समाज यूके- पाउण्ड १५०.००
कार्यसमितिबाट- पाउण्ड १०५८.००
योगेन क्षेत्री, एनआरएनए यूके पूर्व अध्यक्ष- पाउण्ड ३००.००
डा. राघव धिताल (ओबीइ), एनआरएनए यूके प्रमुख सल्लाहकार- पाउण्ड २००.००
वीर बहादुर थापा, एनआरएनए यूके प्रमुख सल्लाहकार- पाउण्ड ५०.००
सोलिसिटर राजु थापा, प्रमुख सल्लाहकार एनआरएनए यूके- पाउण्ड १२५.००
नारायण पराजुली, एनआरएनए यूके सल्लाहकार- पाउण्ड १००.००
रत्न राई, एनआरएनए यूके प्रमुख सल्लाहकार- पाउण्ड ५०.००
डेभिड गुरुङ, संरक्षक एनआरएनए यूके- पाउण्ड १०१.००
भरत रोका क्षेत्री, संरक्षक एनआरएनए यूके- पाउण्ड ५०.००
हितमान गुरुङ, सह–संयोजक गोर्खा टाक्स फोर्स एनआरएनए यूके- पाउण्ड ५१.००
डा. भिम पुन, अध्यक्ष छानविन समिति एनआरएनए यूके- पाउण्ड ५१.००
एमआर कंडेल, आइसीसी सदस्य एनआरएनए यूके- पाउण्ड २१.००
सुमन पुन, आइसीसी सदस्य एनआरएनए यूके- पाउण्ड १००.००
ओमप्रसाद थापा काउचा, आइसीसी सदस्य एनआरएनए यूके- पाउण्ड ५१.००
लिला सेलिङ माबो, आइसीसी सदस्य एनआरएनए यूके- पाउण्ड ५१.००
लेख गुरुङ एनआरएनए यूके सल्लाहकार- पाउण्ड ५५.००
नरमती पुन, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ३५.००
चुडाक थापा मगर, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ५१.००
गोमा राना, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ३०.००
दिपक सुब्बा, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ५०.००
बद्री योङया, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ५१.००
राम गलामी, एनआरएनए यूके सल्लाहकार- पाउण्ड ३०.००
जम्मा संकलित रकम- ५, ८२८.४७ पाउण्ड