शुक्रबार, कार्तिक ९, २०८१
20:19 | ०१:०४

लन्डनमा ४६ वर्षीय मगरले गरे आत्महत्या, आफन्त खोज्दै प्रहरी

नेपाली लिङ्क डिसेम्बर २८, २०२३

लन्डन- बेलायती प्रहरीले लन्डनमा आत्महत्या गरेको ठानिएका नेपाली मूलका सुरेश मगरको आफन्तको खोजी गरेको छ ।  

पोर्चुगिज राहदानीवाहक ४६ वर्षीय मगरको परिवार एवम् आफन्तलाई सम्पर्कमा आउन प्रहरीले अपिल गरेको छ।

लन्डनस्थित नेपाली दूतावासका अनुसार लन्डनमा मृत फेला परेका मगरको आफन्त खोज्ने क्रममा प्रहरीले दूतावासलाई सम्पर्क गरेको थियो।

त्यसअघि पोर्चुगलको राहदानीवाहक मगरको शव फेला परेपछि प्रहरीले आत्महत्याको आशंका गरेको थियो। लन्डनमा संगै बस्ने काका-काकी नेपाल गएका र पोर्चुगलमा समेत उनका आफन्त नरहेका कारण बेलायती प्रहरीले नेपाली दूतावासलाई सम्पर्क गरेको थियो।

केही दिनअघि लन्डनमा मृत फेला परेका मगरले आत्महत्या गरेको आशंका गरेको प्रहरीले उनको मृत्‍युबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। 

स्वर्गीय मगरको परिवार वा आफन्तलाई लन्डन दूतावास (02072291594) वा उनको ‘केस’ अनुसन्धान गरिरहेका प्रहरीलाई (07920155331) सम्पर्क गर्न आग्रह गरिएको छ।

अपडेट: यसैबीच, मगर संघ बेलायत अध्यक्ष सिता पूर्जा पुनले मृतकको नेपालको ठेगाना म्याग्दी, मालिका, देविस्थान भएको खुल्न आएको र वास्तविक नाम सुरेश मगर तथा बोलाउने नाम ‘रघु’ भएको खुलेको जनाएकी छन् । साथै, परिवार र नातेदारसॅंग सम्पर्क भैसकेको पनि उनले उल्लेख गरिन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू