शुक्रबार, कार्तिक ९, २०८१
20:22 | ०१:०७

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

नेपाली लिङ्क डिसेम्बर २०, २०२३

राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर सौजन्य- राष्ट्रपतिको कार्यालय

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् ।

न्यायपरिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।

संसदीय समितिले गत शुक्रबारदेखि मंगलबारसम्म सुनुवाइ गरेर बुधबारमात्रै उनीहरूको नाम अनुमोदन गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू