शनिबार, पुष २०, २०८१
11:27 | १७:१२

राष्ट्रिय सभा चुनावका लागि १२ दलले पाए चुनाव चिह्न

नेपाली लिङ्क डिसेम्बर १७, २०२३

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय । तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ ।

आइतबार आयोगले विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जनाएको छ ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले दल दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भने राष्ट्रिय सभा चुनावका लागि दल दर्ता गरेको छैन ।

फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको कार्यकाल सकिंदैछ । कार्यकाल सकिनेमा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।

विज्ञप्ति-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू