रियो डे जानेरो । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ ।
गत २४ घण्टामा कोभिड १९ संक्रमणका कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहांको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयां संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ ।
ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु र ४० हजार भन्दा बढी संक्रमित हुंदै आएका छन् ।