वैकल्पिक इन्धनबाट सञ्चालित पहिलो विमान लन्डनबाट उड्दै
लन्डन- वैकल्पिक इन्धनबाट सञ्चालित एउटा ठूलो यात्रुबाहक विमान आज पहिलोपटक लन्डनबाट उडान भर्दैछ । भर्जिन एटलान्टिकद्वारा संचालित यो विमान लण्डनको हिथ्रो विमानस्थलबाट न्यूयोर्कको जेएफके एअरपोर्टका लागि ११:५२ बजे उड्नेछ ।
उक्त विमानको लागि सरकारी कोषले समेत सहयोग उपलब्ध गराएको हो । लामो परिक्षण र विश्लेषणपछि बेलायतको नियामक निकाय सिभिल एभिएसन अथोरिटीले यसै महिना अनुमोदन गरेपछि उक्त विमानले उडान अनुमति पाएको हो ।
यसमा इन्जिन निर्माता कम्पनी रोल्स रोयस र इनर्जी कम्पनी बीपीलगायतको सहकार्य छ ।
घरेलु फोहोर र खाना पकाउने तेलसहितका विभिन्न स्रोतबाट निर्माण गरिएको वैकल्पिक इन्धनले झन्डै ७० प्रतिशतसम्म कार्बन उत्सर्जन कम गर्ने बताइएको छ ।
यस उडानका लागि बोइङ ७८७ मा ५० टन दिगो उड्डयन इन्धन (एसएएफ) भरिनेछ । उड्डयन इन्धन (एसएएफ) निर्माणको लागि ८८ प्रतिशत फोहोर तैलीय पदार्थ र बाँकी अमेरिकामा उत्पादित मकैबाट निस्किएको फोहोर प्रयोग गरिनेछ ।
पहिलोपटक वैकल्पिक इन्धनबाट संचालन गरिएको यस उडानले जिवाश्मबाट प्राप्त हुने इन्धनलाई प्रतिस्थापन गर्ने प्रवल सम्भावना रहेको भर्जिन एटलान्टिकका प्रमुख कार्यकारी शाई वेइसले बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५