शुक्रबार, कार्तिक ९, २०८१
20:29 | ०१:१४

गोर्खा वार्ता सफल पार्न बेलायत र नेपाल सरकारसमक्ष गेसोको अपिल

नेपाली लिङ्क नोभेम्बर २१, २०२३

लन्डन। भूतपूर्व गोर्खा मुद्धामा यही बुधबार लण्डनमा हुन लागेको वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) ले व्यक्त गरेको छ ।

गेसो सभापति कृष्णकुमार राईले मंगलबार एक वक्तव्य जारी गर्दै भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा बेलायत र नेपालबीच सरकार स्तरमा हुने वार्ता सफल बन्ने आशा व्यक्त गरेका छन् ।  

सभापति राईले यो त्रिपक्षीय वार्ता लामो समयदेखि गोर्खाहरुमाथि हुंदै आएको विभेद अन्त्य गर्ने अवसर रहेको भन्दै सदुपयोग गर्न दुवै सरकारलाई आग्रह पनि गरेका छन् ।  

वार्ताको सफलताले अन्तराष्ट्रिय स्तरमा दुवै राष्ट्रको छवि उचो पार्न मद्धत पुर्‍याउने उनको भनाइ छ।

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य र बेलायत सरकारको नेतृत्व रक्षा राज्यमन्त्री एन्ड्रयू मरिसनले गर्नेछन् ।

भूतपूर्व गोर्खाहरुको प्रतिनिधित्व गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ र मेजर (रि.) जुदबहादुर गुरुङ सहभागी हुने निर्णय भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू