बुधबार, पुष २४, २०८१
21:36 | ०३:२१

निषेधित क्षेत्र घोषणापछि दुर्गा प्रसाईं र महेश बस्नेतको शक्ति प्रदर्शन बिथोलियो

नेपाली लिङ्क नोभेम्बर २०, २०२३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निषेधित क्षेत्र घोषणा गरेको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार आदेश जारी गर्दै यो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ताका आन्दोलन तथा विरोधका कार्यक्रम गर्न नपाइने जनाएका छन्।

जिल्ला प्रशासन कार्यालयले पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निधेषित क्षेत्र घोषणा गरेको छ। यो क्षेत्रमा मंसिर ४ देखि ३० गतेसम्म प्रदर्शन गर्न निषेध छ ।

नेकपा (एमाले) को भातृ संस्था युवा संघ नेपाल र अभियान्ता दुर्गा प्रसाईंले मंसीर ७ गते माइतीघर मण्डलमा प्रदर्शन गर्ने तयारी गरेका बेला प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । दुवै पक्षले एउटै ठाउँमा प्रदर्शन गर्न लागेका थिए । उनीहरुको प्रदर्शनमा मुठभेड हुने आकलन भइरहेको थियो ।

सोमबार दुवै पक्षसँग भएको छलफलपछि स्थानीय प्रशासनले दुवै पक्षलाई माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने निर्णय गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू