आइतबार, मंसिर ९, २०८१
11:09
|
१६:५४
गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी हुँदा ३५ को मृत्यु
रासस/सिन्ह्वा
अक्टोबर २८, २०२३
काएरो, ११ कात्तिक–इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा शनिबार भएका सवारी दुर्घटनामा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा कम्तीमा ६३ जना घाइते भएका इजिप्टको सरकारी अहराम पत्रिकाले जनाएको छ ।
बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर विभिन्न सवारी साधनमा आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ ।
मृतक र घाइतेलाई नजिकैका शहरका अस्पतालमा लगिएको छ । उक्त घटनाको आपराधिक अनुसन्धान गर्न आदेश दिइएको समाचारमा जनाइएको छ ।
तीव्र गति, सडकको कमजोर मर्मत सम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौंको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन् ।
विगत केही वर्षयता इजिप्टले सवारी दुर्घटना कम गर्न आफ्नो सडक सञ्जालको स्तरोन्नति गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५