युक्रेनद्वारा रक्षा क्षेत्रमा २८ अर्ब अमेरिकी डलर बढी खर्च
कीभ, ४ कात्तिक–युक्रेनी सरकारले यस वर्ष देशको रक्षामा देखिएका चुनौतीसँग सामाना गर्न र आवश्यकता पूरा गर्न १.०३१ ट्रिलियन रिभनिया (२८.२ बिलियन अमेरिकी डलर) भन्दाबढी खर्च गरेको छ । प्रधानमन्त्री डेनिस श्म्याहललाई उद्धृत गर्दै मन्त्रिपरिषद्को प्रेस सेवाले शुक्रबार यसबारे जानकारी गराएको छ ।
उक्त रकममध्ये ६८२ अर्ब रिभ्निया (१८.६६ बिलियन डलर) सैनिक कर्मचारीको तलबमा र करिब ३४९ बिलियन रिभनिया (९.५५ बिलियन डलर) सैन्य उपकरण खरिद गर्न प्रयोग गरिएको बताइएको छ ।
यस वर्षको पहिलो नौ महिनामा युक्रेनको बजेट प्राथमिकतामा रक्षा क्षेत्र र त्यसपछि सामाजिक कार्यक्रम एवं स्वास्थ्य सेवा थिए ।
अर्को वर्ष युक्रेनले रक्षा र सुरक्षा बललाई सहयोग गर्न “सबै सम्भावित स्रोतहरू” परिचालन गर्न निर्देशन दिएको छ ।
युक्रेनको सन् २०२४ को लागि मस्यौदा बजेटले अर्को वर्ष रक्षाका लागि कम्तिमा १.६९ ट्रिलियन रिभनिया (४६ बिलियन डलर) वा आफ्नो जीडीपीको २१.६ प्रतिशत छुट्याउने तयारी गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५