बेलायतका दयानिधि सापकोटाले सचिव पदमा दर्ता गरे उम्मेदवारी
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोप उपसंयोजक दयानिधि सापकोटाले आइतबार केन्द्रिय सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
एनआरएनए केन्द्रिय कार्यालयमा पूर्व सल्लाहकार विश्व आदर्श पण्डितको प्रस्तावमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । अब औपचारिक रुपमा उनी चुनावी मैदानमा होमिएका छन् ।
यही अक्टोबर १९ मा हुने निर्वाचनका लागि भोलि १६ अक्टोबर सोमबार बिहान ८ देखि दिउसो एकबजेसम्म मनोनयन दर्ताको समयसीमा छ ।
शुक्रबार नेपाल आइपुग्नुअघि मध्यपूर्व र युरोपेली देशहरुबाट राम्रो समर्थन बटुलेका सापकोटा यतिखेर डेलिगेट्ससंग प्रत्यक्ष तथा भर्चुअल रुपमा मत माग्न व्यस्त छन् ।
विश्वभरका प्रतिनिधिहरुको सकारात्मक प्रतिक्रियाले आफू निकै आशावादी भएको उनले बताए ।
सापकोटाले पारदर्शी संगठन, एकताबद्ध एनआरएनए, सबल सचिवालय, जवाफदेही संस्था र गैरआवासीय नेपालीहरुको हकहित, अधिकार प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकता जस्ता प्रमुख एजेण्डा अघि सारेका छन् ।
आइसीसी सदस्य हुंदै युरोप उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका सापकोटाले समस्त मतदातासमक्ष यसपटक पनि मत दिएर जिताउन अपिल गरेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५