आइतबार, मंसिर ९, २०८१
15:35 | २१:२०

महासचिव निर्वाचित भए थप ५० देशमा एनआरएनए सञ्जाल विस्तार गर्ने गौरीको उद्घोष

नेपाली लिङ्क अक्टोबर ५, २०२३

काठमाडौं । एनआरएनएको नयां नेतृत्वका लागि वर्तमान महासचिव गौरीराज जोशीले पुनः महासचिव पदमा नै उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बुधबार डा. बद्री केसीको अध्यक्ष उम्मेदवारी घोषणा कार्यक्रममा जोशीले पुनः महासचिवमा उम्मेदवारी घोषणा गर्दै निर्वाचित महासचिव भएर काम 
गर्न चाहेको बताए ।

अमेरिका कर्मथलो बनाइरहेका सफल व्यवसायी जोशीसंग अमेरिकाकै बुद्धी सुवेदीको प्रतिष्पर्धा हुने भएको छ ।

एनआरएनए अभियानमा लामोसमयदेखि संलग्न जोशी आगामी कार्यकालमा थप ५० भन्दा बढि देशमा एनआरएनए सञ्जाल विस्तार गर्ने र प्रविधिमैत्री एनआरएनए बनाउने प्रतिवद्धताका साथ चुनावी मैदानमा होमिएका छन् ।

बुधबार उम्मेदवारी घोषणा कार्यक्रममा जोशीले व्यक्त गरेको भनाइको सम्पादित अंश यहां प्रस्तुत छ-

म आइसीसी सचिव हुँदै गर्दा कोभिडको समय थियो, त्यसबेला थुप्रै साथी मलेसियामा कोभिडका कारण छटपटिइरहेका थिए । तत्कालीन अध्यक्ष कुमार पन्तको आग्रहमा हामीले अमेरिकाबाट एक हप्ताभित्र ५० लाखभन्दाबढी फण्ड संकलन गरेर सहयोग गरेका थियौं ।

अमेरिकाबाट मात्रै २ बिलियन फण्ड जम्मा गरेर नेपालमा दिएका थियौं । त्यसबाहेक मैले मेरै नेतृत्वमा ‘मोबाइल ब्लड बस’ को पनि सुरुवात गरेर कोभिडको समयमा विभिन्न क्षेत्रमा उपलब्ध गराएका थियौं ।

अब निर्वाचित महासचिव भएपछि मैले मेम्बरसिप सिस्टमलाई अटोनोमस बनाउने छु । जसमा सजिलै मेम्बरसीप बन्न सकिने छ । अहिले डेलिगेट्स सिस्टममा देखिएका समस्याहरुलाई व्यवस्थापन गर्ने 
छौं । हाम्रो सामाजिक संस्थालाई कर्पोरेट संस्थाको रुपमा लैजाने प्रतिवद्धता मेरो छ ।

एनसीसीहरुलाई इम्पावर गर्ने, विभिन्न प्रोग्राममार्फत च्यारिटीहरुलाई सुरुवात गर्ने योजना मेरो छ । म महासचिव भएं भने च्यारिटीको कार्यविधि बनाएर लागू गरिने छ । जहाँ एनआरएनहरु छन्, त्यहाँ एनआरएनए भन्ने नारा ल्याएर ५० भन्दा बढी देशमा एनआरएनएको सञ्जाल विस्तार गरेर सेवा र सुविधा दिने लक्ष्य पनि हामीले लिएका छौं ।

म लामो समयदेखि विभिन्न कालखण्डमा कार्यकारी अध्यक्ष डा. बद्री केसीजी सँगै काम गर्दै आएको हुँ । यसपटक म कुन टिमबाट उम्मेद्वारी दिने भन्नेमा धर्मर थिए । अध्यक्षमा उम्मेदवार सँगै काम गरेका साथीहरु थिए । यसलाई अझ नयाँ हिसाबले अगाडि बढाउन सकिन्छ कि भनेर मैले महेश श्रेष्ठसँग पनि प्रयास नगरेको होइन । तर, यो प्रकृयामा कहींबाट ‘हाइज्याक’ भयो । बद्रीजीसँग म भावनात्मक वा व्यक्तिगत रुपमा र संघमा निकट रहेर काम गर्ने अवसर पाएं, त्यही भएर उहाँलाई समर्थन गरेको हुँ । मलाई आशा छ, सबै डेलिगेट्स साथीहरुले यसपटक साथ दिनु हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू