शुक्रबार, पुष २६, २०८१
15:54 | २१:३९

मिडल्यान्डमा कांग्रेस नेता गुरू घिमिरेसँग अन्तरक्रिया

केशव भण्डारी अक्टोबर ४, २०२३

 

लन्डन। बेलायत भ्रमणमा आएका नेपाली कांग्रेसका नेता एवम् नेविसंघका पूर्व सभापति गुरू घिमिरेसँग मिडल्यान्डमा अन्तरक्रिया गरिएको छ।  

नेपाली जनसम्पर्क समिति यूके मिडल्याण्ड क्षेत्रले गत १ अक्टोबर आइतबार घिमिरेको प्रमुख आतिथ्यमा ग्रान्थममा अन्तरक्रिया गरेको हो।  

जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रका सभापति नारायण आचार्यको सभपतित्वमा सम्पन्न कार्यक्रममा नेता घिमिरेले आफूले अगुवाइ गरेको नेपाली कांग्रेसको रूपान्तरण अभियानबारे उपस्थित नेपाली कांग्रेसका शुभेच्छुकहरुलाई स्पष्ट पारेका थिए। 

नेपाली कांग्रेस रूपान्तरण अभियान कुनै नेताहरूको विरोधमा नभई पार्टी विधि, विधान र जनचहानाअनुसार चल्नुपर्छ भनी गरिएको अभियान भएको उनले बताए। साथै अहिलेको नेतृत्व विधि विधानभन्दा गुटगत स्वार्थमा हिडेकोले पार्टीलाई विपीको मार्गमा हिडाउनका लागि दवावमूलक कार्य गर्नुपर्ने जरूरी भएको उनको भनाइ थियो।

नेपाली जनसम्पर्क समिति मिडल्याण्ड क्षेत्रका सभापति नारायण आचार्यले पार्टी रूपान्तरणको अभियान कुनै गुटको नभई सबैको हुनुपर्ने र आगामी निर्वाचनमा वर्तमान महामन्त्री  गगन थापालाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरी जनतामाझ गए नेपली कांग्रेसले बहुमत ल्याउन सक्ने सुझाव नेता दिए ।

समितिका उपसभापति शरद शाही र उपमहामन्त्री कमल खरेलले सञ्चालन गरेको कार्यक्रममा ग्रान्थम र मिडल्याण्डका विभिन्न ठाउँबाट करिब ५० जना नेपाली जनसम्पर्क समिति सदस्य, कांग्रेस शुभचिन्तक र अन्य समाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभगिता थियो।  

नेपाली कांग्रेसमा स्वच्छ र स्पस्ट वक्ताको छवि वनाएका नेता गुरू घिमिरे उपस्थित अन्तरक्रिया कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै अभियन्ताहरु र  भेन्यू उपलब्ध गराउने नमस्ते डाईनका प्रकाश केसीप्रति नेपाली जनसम्पर्क समिति मिडल्याण्डले आभार व्यक्त गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू