सचिव पदका उम्मेदवार दयानिधिले मध्यपूर्व र यूरोपमा बटुले जनमत
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा केन्द्रिय सचिव पदका उम्मेदवार दयानिधि सापकोटा आफ्ना ५ प्रमुख एजेण्डा अगाडि सारेर मध्यपूर्व र यूरोपका देशमा पुगेका छन् ।
बहराइन, दुबई, कुवेत, बेल्जियम हुँदै अहिले फ्रान्स पुगेका उनले आफ्नो चुनावी अभियानमा उल्लेखित देशका डेलिगेट्सबाट सकारात्मक प्रतिक्रिया पाएको बताए ।
दुई दिन बहराइन बस्दा सापकोटाको टिमलाई बाग्लुङ समाज बहराइन र कास्की आदर्श समाज बहराइनले दुई भिन्न भिन्नै स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरे ।
दुबईमा पनि त्यस्तै स्वागत तथा अन्तरक्रिया भएको थियो ।
उनीहरुलाई मध्यपूर्व बाहेक गैर आवासीय नेपाली संघ बेल्जियम र जनसम्पर्क समिति बेल्जियमले पनि न्यानो आतिथ्य र साथ दिए । आज उनी स्पेन पुग्ने योजना छ ।
प्रचार प्रसारको शिलशिलामा ति देशमा पाएको माया र साथले थप हौसला मिलेको सापकोटाले बताए । आफ्नो कर्मथलो देश बेलायतमा पनि लोकप्रिय सापकोटालाई सबै अग्रज र डेलिगेट्सको पूर्ण सहयोग छ।
युरोप भ्रमणपछि १० अक्टोबर नेपाल पुग्ने योजना सापकोटाको छ ।
आइसीसी सदस्य हुंदै युरोप उपसंयोजकको जिम्मेवारी सम्हालिसकेका सालिन र स्पष्ट वक्ता सापकोटाले जनमत बटुलिरहेका छन् । उनले विश्वभरका मतदातालाई यसपटक पनि साथ दिन अपिल गरेका छन् ।
एनआरएनए युरोप उपसंयोजक रहेका सापकोटाले पारदर्शी संगठन, एकतावद्ध एनआरएनए, सवल सचिवालय, जवाफदेही संस्था र गैर आवासीय नेपालीहरुको हकहित, अधिकार र प्रवर्धनका लागि विश्वभर रहेका नेपालीहरुबीच भाइचारा, आत्मियता एवं संगठनात्मक एकताको लागि सचिव पदमा उम्मेदवारी दिने निधो गरेको जनाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५