आइतबार, मंसिर ९, २०८१
16:53 | २२:३८

रवीन्द्र मिश्र फिनल्याण्डमा

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२३

हेल्सिन्की- कल्याणकारी संस्था हेल्प नेपाल नेटवर्कका संस्थापक रवीन्द्र मिश्रले यहाँ आयोजित एक कार्यक्रममा कविता वाचन गरेका छन्।

मंगलबार बेलुका फिनल्याण्डमा बसोबास गर्ने नेपाली समुदायको उपस्थितिमा आयोजित उक्त कार्यक्रमबाट हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा संचालित बाल गृहका लागि झन्डै ने रु १२ लाख बराबरको सहयोग संकलन भएको आयोजकले जनाएका छन्।

“फिनल्याण्डमा उदार हृदय भएका नेपालीहरुसंग भेट्न पाउँदा साह्रै खुसी लाग्यो। तपाईंहरु सबैलाई म हृदयदेखि नै नमन गर्छु।  तपाईंहरु सबैलाई सधैं खान पुगोस्, दिन पुगोस्,” उनले भने।

मिश्रले आफ्नो भ्रमण व्यक्तिगत प्रकृतिको रहेको पनि बताए।

फिनल्याण्डबाट उनी नर्वे, स्विडेन र डेनमार्क पनि जाने कार्यक्रम छ। “स्क्यान्डिनेभियन मुलुकहरु मेरो प्रेरणाको श्रोत पनि हुन्। भ्रस्टाचार न्यून भएका, समतामूलक समाज र मानव विकास तथा गुणस्तरीय आर्थिक विकासमा अगाडि रहेका यी मुलुकहरु मेरो राजनीतिको प्रेरणा श्रोत पनि हुन्। त्यहाँ साथीहरुसंग भेटघाट गर्ने र केही सिक्ने मैले अपेक्षा गरेको छु,” उनले भने।

‘लोकतन्त्र सहितको कल्याणकारी राज्यको अवधारणाबारे मैले लेख्दै, बोल्दै आएको छु। त्यसलाई मोडेल मानेर नेपालमा पनि धेरै काम गर्न सकिन्छ’, मिश्रले भने।

फिनल्याण्डमा उनको भ्रमणको संयोजन हेल्सिन्की काउन्सिलकी निर्वाचित सदस्य ब्योमा ताम्राकार, लक्ष्मीपति भण्डारी लगायतले गरेका थिए।

उनले त्यहाँ फिनल्याण्डकी भूतपूर्व समाज कल्याण मन्त्री इभा ब्योदोसंग पनि भेट गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू