आइतबार, भदौ २३, २०८१
02:51 | ०७:३६

कांग्रेस रुपान्तरणका अभियन्ता घिमिरे लन्डनमा

नेपाली लिङ्क सेप्टेम्बर १७, २०२३

लन्डन । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष, नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तथा कांग्रेस रुपान्तरण अभियानका एक अभियन्ता गुरुराज घिमिरे लन्डन आइपुगेका छन् ।

उनी श्रीमति मिरा लामिछाने घिमिरेका साथ आइतबार सांझ लन्डन उत्रिएका हुन् ।

नेपाली जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति महेशकुमार दाहालको निमन्त्रणामा लन्डन आएका घिमिरे दम्पत्तिलाई हिथ्रो टर्मिनल फोरमा सभापति दाहाल, समितिका पूर्व महामन्त्री एवं केन्द्रिय विभाग सदस्य आर के त्रिपाठी, लन्डन साउथ इष्ट क्षेत्रीय सभापति राजेन्द्र खरेल, समितिका संस्थापक कोषाध्यक्ष तथा चार्टर्ड अकाउन्टेन्ट राजेन्द्र सुवेदी, कार्यकारी समिति सदस्य युवराज सिंह, प्रवक्ता पत्रकार मन्दिप केसी लगायतले स्वागत गरे ।

घिमिरेको विशेष उपस्थितिमा साउथ इष्ट लन्डन, ह्यारो, ग्रान्थाम, स्कटल्याण्ड लगायत संयुक्त अधिराज्यका विभिन्न शहरमा कार्यक्रम गर्ने तयारी भएको संयोजक आर के त्रिपाठीले जनाए ।

नेपालको प्रमुख लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस पछिल्लो समय आफ्नो सिद्धान्तबाट ‘आउट अफ ट्रयाक’ मा गइरहेका बेला यसको रुपान्तरणका अभियन्तासंगको अन्तरक्रिया र समसामयिक राजनीतिक वहस यहांका कार्यकर्ताका लागि पनि महत्वपूर्ण हुने कार्यकारी सभापति महेश दाहालले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू