शनिबार, पुष २७, २०८१
22:35 | ०४:२०

एनआरएनए यूकेले पठायो आइसीसी अधिवेशनमा भाग लिने डेलिगेटस् नामावली

नेपाली लिङ्क अगस्ट ३१, २०२३

लन्डन। एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को आसन्न ११ औं अधिवेशनमा बेलायतबाट भाग लिने डेलिगेट (प्रतिनिधि) को नामावली पठाइएको छ।

नामावली पठाउनका लागि तोकिएको विहीबार मध्यरातसम्मको समयसीमाभित्रै एनआरएनए यूकेले डेलिगेट सूची आइसीसी सचिवालय पठाएको हो ।  

एनआरएनए यूके महासचिव गोविन्द शर्मा खरेलका अनुसार आइसीसी अधिवेशनका लागि बेलायतको कोटामा परेका १ सय ५७ जना प्रतिनिधिको नाम सिफारिश गरिएको हो । 

यसबाहेक आइसीसीका विभिन्न जिम्मेवारीमा रहेर स्वत: प्रतिनिधिमा पर्ने बेलायतका २२ जना छन्।

आइसीसीले तोकेको मापदण्डअनुसार ९० प्रतिशतको क्याटेगोरीमा परेका १ सय ४१ तथा  विभिन्न संस्थाका प्रमुख र समुदाय अगुवासमेतलाई समेटेर डेलिगेट सूची तयार गरिएको महासचिव खरेलले जनाए।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले आइसीसीले तोकेको मापदण्डअनुरुप प्रतिनिधि चयन गरिएको बताएका छन्। एनसीसीले चयन गर्न सक्ने १० प्रतिशतको कोटामा समुदायको प्रतिनिधित्व हुने गरी प्रतिनिधि सिफारिश गरिएको उनको भनाइ छ ।  

एनआरएनए आइसीसीको ११औं अधिवेशन आगामी अक्टोबर १७ र १८ मा काठमाडौँमा हुँदैछ। अधिवेशनमार्फत् नयाँ नेतृत्व चुन्न यसपटक डेलिगेटहरुले अनलाइनबाटै मतदान गर्न सक्नेछन्।

विगतमा एनआरएनए यूकेका डेलिगेटहरुको सूची सार्वजनिक नगरी गोप्य राख्ने गरिएकोमा वर्तमान कार्यसमितिले भने आइसीसीमा पठाएलगत्तै नामावली सार्वजनिक गरेको छ।  

एनआरएनए यूके डेलिगेटको नामावली:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू