शनिबार, पुष २७, २०८१
12:06 | १७:५१

सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् यूकेमा तीन सल्लाहकार नियुक्त

नेपाली लिङ्क जुलाइ ४, २०२३


लन्डन। सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेले संस्थामा तीन जना सल्लाहकार नियुक्त गरेको छ ।

प्राध्यापक डा सूर्यप्रसाद सुवेदी ओबिई, डा राघवप्रसाद धिताल ओबिई र एनआरएनए अध्यक्ष कुल आचार्यलाई सल्लाहकार नियुक्त गरिएको एसओएनपी महासचिव डा ओम गौतमले जानकारी दिएका छन् ।

सल्लाहकारहरुको नियुक्तिबाट संस्थाले सुझाव, सल्लाहका साथै संस्थागत विकासको अपेक्षा पनि राखेको महासचिव गौतमले बताए। ।

यसैबीच, एसओएनपी यूकेले नवनियुक्त सल्लाहकारहरुलाई स्वागत गरेको छ । गतसाता लन्डनमा एक कार्यक्रमबीच उनीहरुलाई संस्थाका अध्यक्ष विष्णु न्यौपानेले नियुक्तिको प्रमाणपत्र वितरण गरे ।

सो अवसरमा महासचिव डा गौतमले एसओएनपी यूकेको संस्थागत संरचना, वार्षिक कार्ययोजना र सल्लाहकारहरुसंग सहकार्य रहन सक्ने कार्यक्रमहरुबारे जानकारी गराएका थिए। नवनियुक्त सल्लाहकारहरुलाई बधाई दिंदै उनले सफल कार्यकालको लागि शुभकामना पनि दिए ।

नवनियुक्त सल्लाहकारहरुले प्रमाणपत्र ग्रहण गर्दै आ-आफ्नो क्षेत्रबाट सक्दो योगदानको प्रतिबद्धता गरेका थिए ।

सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स (एसओएनपी) यूके बेलायतमा विभिन्न पेशा र क्षेत्रमा कार्यरत नेपाली प्रोफेसनल्स्हरुको संगठन हो ।

करिब डेढ दशकअघि स्थापित संगठनले बेलायत तथा संसारभरका नेपालीका सरोकार रहने विभिन्न मुद्धाहरुमा जानकारीमुलक र अन्तरक्रियात्मक गतिविधि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू