शनिबार, पुष २७, २०८१
11:43 | १७:२८

एनआरएनए यूके स्थापनाकालदेखिकै अभियन्ता कंडेल उपाध्यक्षमा उम्मेदवार

नेपाली लिङ्क जुलाइ ३, २०२३

लन्डन। बेलायतमा एनआरएनए स्थापनादेखि नै अभियानमा संलग्न रहंदै आएका अभियन्ता रविन्द्र कंडेल एनआरएनए यूकेको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन्।

लामो समयदेखि बेलायतमा रहेर विभिन्न फोरमहरुमार्फत् सामाजिक कार्यमा सक्रिय उनले एनआरएनए यूकेको आगामी कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन्।  

बेलायतवासी नेपालीहरुको बृहत्तर हितमा योगदान गर्ने अभिलाशासहित आफूले गैरआवासीय नेपाली संघको कार्यसमितिमा रहेर काम गर्न चाहेको कंडेलले बताए।

संस्थाको गिरेको साख माथि उठाउने, नागरिकता निरन्तरता अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने, संस्थामा सबैको अपनत्व महशुस हुने गरी साझा र समावेशी बनाउनेजस्ता एजेन्डा आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ।  

विगत २६ वर्षदेखि बेलायत बस्दै आएका गुल्मीका कंडेल हेल्थ केयरसम्बन्धि व्यवसायमा संलग्न छन्। उनले बेलायतको इष्ट लन्डन युनिभर्सिटीबाट अन्तररार्ष्ट्रिय कानून र मानवअधिकार विषयमा स्नातकोत्तर गरेका छन्।  

सामाजिक क्षेत्रका अनुभवी अभियन्ता कंडेलले बेलायतको सबैभन्दा पुरानो संस्था यती नेपाली एशोसिएसनमा दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष र एक कार्यकाल सदस्यको रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू