लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ
काठमाडौँ, १७ असार–प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि आजसम्म गरेको आठवटा लागूऔषध विरुद्धको अपरेसनमा उनीहरुलाई पक्राउ गरी ठूलो परिमाणको लागूऔषध बरामद गरेको हो ।
ब्यूरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा पाँचजना विदेशी छन् भने पाँचजना नेपाली छन् ।
उनीहरुका साथबाट कोकिन तीन दशमलव सात ग्राम, खैरो हेरोइन एक सय ग्राम, एम्फेटामाइन ४० दशमलव ५० ग्राम, चरेस सात किलो, गाँजा झन्डै पाँच किलो, कोडिन १६ बोतल र एलएसडी स्टिकर १० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।
उक्त लागूऔषधसहित विभिन्न स्थानबाट पक्राउ गरिएकामा राज गौतम, मुखिया गुरुङ, दावा तामाङ, नरबहादुर तामाङ, सुगम मैनाली, भारतीय नागरिक सञ्जीव कुमार र हेमन्तकुमार भगत तथा विभिन्न देशका नागरिकहरु डेभिड मिनाडो, मार्टिन शेर्ना र पवल वेर्स्ट छन् ।
उनीहरुमाथि अदालतबाट म्याद लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५