सोमबार, मंसिर १०, २०८१
23:18 | ०५:०३

अष्ट्रेलियाका तीन विश्वविद्यालय शीर्ष २० मा प्रवेश   

रासस-सिन्ह्वा जुन २८, २०२३

तस्विर एएफपी

क्यानबेरा, १३ असार-क्वाक्वेरेली साइमन्ड्स (क्यूएस) विश्व विश्वविद्यालयले रयाङ्किङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलो पटक शीर्ष २० मा प्रवेश पाएका छन् ।

मेलबर्न विश्वविद्यालय १४ औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र न्यु साउथ वेल्स विश्वविद्यालय १९  औं स्थानमा छन्।

अष्ट्रेलिया विश्वविद्यालयकी प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले भनिन् “आजका उत्कृष्ट नतिजाहरूले अष्ट्रेलियाका विश्वविद्यालयलाई विश्वव्यापी शैक्षिक प्रतिस्पर्धामा अगाडि उभ्याएको छ । “ 

उनका अनुसार रयाङ्किङ प्रणालीले रोजगारीको नतिजा, दिगोपन र अन्तराष्ट्रिय अनुसन्धान सहकार्यलाई नयाँ सूचकका रूपमा प्रस्तुत गर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू