शनिबार, पुष २७, २०८१
13:54 | १९:३९

नेपालीको गुम्बामा रिन्पोछेको आउजाउ बाक्लो, यसपटक बज्र रिन्पोछेको पालो

नेपाली लिङ्क जुन २७, २०२३

लण्डन- बीसीसी यूकेले हिज इमिनेन्स खोन्दुङ असङ्ग बज्र रिन्पोछेको स्वागत गरेको छ । 

गत २५ जुन आइतबार अल्डरसटस्थित बीसीसी गुम्बामा गुम्बाका धर्म गुरु टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्तेम्बा, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङलगायत बीसीसी यूके परिवारले उनको स्वागत गरेको हो । 

सो अवसरमा बीसीसी यूकेका आमाहरुले शुभमंगल पाठका साथ हिज इमिनेन्सको स्वागत गरे । 

बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेको संयोजकत्वमा सम्पन्न भएको उक्त स्वागत कार्यक्रममा हिज इमिनेन्स बज्र रिन्पोछेले चार अशक्त हटाउने उपदेशसंगै खोन बज्र किलायाको अभिशेष दिएका थिए । 


उक्त कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङले बज्र रिन्पोछेको स्वागत गर्दै बीसीसी यूकेले स्थापना कालदेखि हालसम्म गर्दै आएको विभिन्न धार्मिक, साँस्कृतिक, सामाजिक तथा परोपकारी कार्यबारे छोटो जानकारी दिए ।

कार्यक्रम संयोजक एवं उपाध्यक्ष क्याप्टेन देव घलेले रिन्पोछेको छोटो परिचय दिएका थिए । 

उक्त कार्यक्रममा बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष नरेश गुरुङ, निवर्तमान अध्यक्ष धर्म तामाङ, प्रमुख वरिष्ठ उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष रोबिन गुरुङ, कोषाध्यक्ष मेजर शंकर गुरुङ, बीसीसी यूकेकी संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, आमा सचिव शारदा गुरुङ, सल्लाहकारहरु, ट्रष्टीज तथा भक्तजनहरुको उपस्थिति थियो । 

बीसीसी यूके अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संचालन गर्दै महासचिव मेजर हितमान गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ बारे जानकारी गराएका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू