पतन्जली योगपीठ ट्रष्टका महासचिव आचार्य बालकृष्णले भेटे राजदूत
लन्डन – पतन्जली योगपीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य श्री बालकृष्णले बेलायत आए लगत्तै राजदूत ज्ञानचन्द्र आचार्यसँग भेटघाट गरेका छन् ।
नेपाली दूतावासमा बिहीबार बिहान ११:३० बजे भएको उक्त भेटमा हाम्रो स्वाभिमान स्थापना, नेपाली भाषा, संस्कार र नेपाली गौरव स्वाभिमानको प्रवर्धन लगायत विषयमा छलफल भएको थियो ।
आचार्य बालकृष्ण बुधवार बेलुका लण्डन उत्रिएका हुन् । उनलाई हिथ्रो विमानस्थलमा गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्य, पतन्जली योगपीठ ट्रष्ट यूकेकी ट्रष्टी सुनिता पोद्दार, हाम्रो स्वाभिमान ट्रष्ट यूके संयोजक रोहित गुरुङ लगायतले नेपाली टोपी र खादा लगाएर स्वागत गरेका थिए।
बेलायत भ्रमणका क्रममा आचार्य बालकृष्णले आज (बिहीबार) बेलुका नवौं विश्व योग दिवसको अवसरमा बिहीबार ब्लु रुम, ह्यारोमा योग र आयुर्वेदबारे प्रवचन दिनेछन् ।
पतन्जली योगपीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले नेपाली समुदायबीच सेवा, संस्कार, सम्पर्क, समर्पण र सहयोग वृध्दि गर्ने उद्देश्यले बेलायतमा स्थापना गर्न लागिएको हाम्रो स्वाभिमान ट्रष्ट यूके शाखा पनि बिहीबार बेलुका आचार्य बालकृष्णजीको समुपस्थितिमा घोषणा गरिने जानकारी दिइन्।
उनका अनुसार आचार्य बालकृष्णले आफूले लेखन तथा सम्पादन गरेका वनस्पति शास्त्र सम्बन्धी पुस्तकहरु क्यू गार्डन तथा एडिनबरास्थित रोयल बोटानिक गार्डेनलाई प्रदान गर्ने कार्यक्रम पनि छ ।
पतन्जली योग पीठ ट्रष्टका अनुसार आचार्य बालकृष्णले शनिबार २४ जुनमा नटिंगघम र सोमबार २६ जुनमा ग्लास्गोस्थित एमिरेट्स एरेनामा योग सत्र संचालन गर्नेछन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५