शुक्रबार, कार्तिक १६, २०८१
12:26 | १८:११

बेलायत आइपुगे आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण

नेपाली लिङ्क जुन २२, २०२३


लन्डन – पतन्जली योगपीठ ट्रष्टका महासचिव आयुर्वेद शिरोमणि आचार्य श्री बालकृष्ण बेलायत आइपुगेका छन्।

उनलाई बुधबार बेलुका हिथ्रो विमानस्थलमा गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्य, पतन्जली योगपीठ ट्रष्ट यूकेकी ट्रष्टी सुनिता पोद्दार, हाम्रो स्वाभिमान ट्रष्ट यूके संयोजक रोहित गुरुङ लगायतले नेपाली टोपी र खादा लगाएर स्वागत गरेका थिए। 

बेलायत भ्रमणका क्रममा आचार्य बालकृष्णले आज (बिहीबार) बेलुका नवौं विश्व योग दिवसको अवसरमा बिहीबार ब्लु रुम, ह्यारोमा योग र आयुर्वेदबारे प्रवचन दिनेछन् । 

पतन्जली योगपीठ ट्रष्टकी ट्रष्टी सुनिता पोद्दारले नेपाली समुदायबीच सेवा, संस्कार, सम्पर्क, समर्पण र सहयोग वृध्दि गर्ने उद्देश्यले बेलायतमा स्थापना गर्न लागिएको हाम्रो स्वाभिमान ट्रष्ट युके शाखा पनि बिहीबार बेलुका आचार्य बालकृष्णजीको समुपस्थितिमा घोषणा गरिने जानकारी दिइन्। 

उनका अनुसार आचार्य बालकृष्णले आफूले लेखन तथा सम्पादन गरेका वनस्पति शास्त्र सम्बन्धी पुस्तकहरु क्यू गार्डन तथा एडिनबरास्थित रोयल बोटानिक गार्डनलाई प्रदान गर्ने कार्यक्रम पनि छ ।

पतन्जली योग पीठ ट्रष्टका अनुसार आचार्य बालकृष्णले शनिबार २४ जुनमा नटिंगघम र सोमबार २६ जुनमा ग्लास्गोस्थित एमिरेट्स एरेनामा योग सत्र संचालन गर्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू