शनिबार, पुष २७, २०८१
17:54 | २३:३९

‘भिक्टोरिया डे’ मा बीसीसी यूकेको सहभागिता

नेपाली लिङ्क जुन १२, २०२३

लण्डन । स्थानीय रस्मोर बरो काउन्सिलको बिशेष आयोजनामा अल्डरसटमा सम्पन्न “भिक्टोरिया डे” मा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको सहभागिता रह्यो । 

गत शनिबार ११ जुनका दिन सम्पन्न उक्त “भिक्टोरिया डे” मा बीसीसी यूकेको सहकोषाध्यक्ष शान्तकुमार गुरुङको संयोजकत्वमा करिब ३० जनाले भाग लिएका हुन् । 

नेपाल र बेलायतको झण्डा, बीसीसी यूकेको व्यानर, लोगो अंकित झण्डासहित बीसीसी यूकेका धर्म गुरु टुल्कु जिग्मे सामतेन, बीसीसी यूके अध्यक्ष हर्कबहादुर गुरुङ, आमा उपप्रमुख जगना गुरुङ, पूजा सहसंयोजक सानो लामालगायत आमाहरु आ–आफ्नो भेषभूषामा सहभागी भएका थिए । 

स्थानीय ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) को समेत विशेष भूमिका रहँदै आएको उक्त कार्यक्रममा बीसीसी यूके संगसंगै थुप्रै नेपाली संघसस्थाको समेत उपस्थिति थियो । 

उक्त कार्यक्रममा जीआरएनसीले खेलेको भूमिकाको कदर गर्दै आयोजक स्थानीय काउन्सिलले जीआरएनसीलाई ‘ट्रेडिङ’ अवार्ड प्रदान गरेको छ । 

स्थानीय काउन्सिलले बेलायतकी पूर्वमहारानी भिक्टोरियाको जन्मोत्सवको अवसरमा प्रत्येक वर्ष उक्त कार्यक्रम आयोजना गर्दै आएको छ । 

स्मरण रहोस् बीसीसी यूकेले प्रत्येक वर्ष उक्त कार्यक्रमका साथसाथै नेपाली मेला, गोर्खा कपलगायत स्थानीय च्यारिटी कार्यक्रममा सहभागी हुँदै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू