सोमबार, मंसिर १०, २०८१
00:45
|
०६:३०
प्रधानमन्त्री दाहाल नयाँ दिल्ली आइपुगे
रासस
मे ३१, २०२३
नयाँ दिल्ली, १७ जेठ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही बेर अघि भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ यहाँ आइपुग्नुभएको हो ।
प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गर्नुभएको थियो । त्यसक्रममा विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतको उपस्थिति थियो ।
प्रधानमन्त्रीलाई विमानस्थलमा सांस्कृति झाँकीले स्वागत गरिएको थियो । त्यसैगरी उहाँलाई भारतमा स्वागत गरिएका ब्यानरहरु पनि सडकका किनारमा राखिएको थियो ।
यस भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, उर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, सचिवहरु तथा उद्योगी, व्यवसायीहरुको सहभागीता छ ।
आजै साँझ प्रधानमन्त्री दाहालको सम्मानमा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।
प्रधानमन्त्री दाहालसँग सुरक्षा सल्लाहकार डोभालको भेट
भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल उहाँ बस्नुभएको होटल मौर्यमा पुग्नुभएको थियो । आज अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी भएको थियो ।
यसैबीच आजै प्रधानमन्त्री दाहालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि भेटवार्ता गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल चारदिने भारत भ्रमणका लागि आजै नयाँ दिल्ली आइपुग्नुभएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५