गल्कोट समाज यूकेको वार्षिक भेला जुलाई ३१ मा, सदस्यता वितरण जुनभित्रै
लन्डन । बेलायतमा बस्ने गल्कोटेहरुको सातौँ वार्षिक भेला आगामी जुलाई ३१ तारिख सोमबार हुने भएको छ ।
गतसाता सम्पन्न गल्कोट समाज यूके बैठकले उक्त दिन बर्मिङहममा भेला गर्ने निर्णय गरेको हो ।
समाजका अध्यक्ष भोजराज कंडेलको अध्यक्षतामा सम्पन्न बैठकले यसअघि जुलाई २४ लाई निर्धारित कार्यक्रम एक साता पछि सारेको महासचिव विष्णु चालिसेले जानकारी दिए।
यस वर्ष संस्थाको महाधिवेशन पनि हुने भएकाले भेला भन्दा एक महिना अघि जुन महिनाभित्रै समाजले आफ्नो सदस्यता नवीकरण र वितरणको काम पनि टुंग्याउने भएको छ ।
सदस्यता अभियानका लागि समाजका उपाध्यक्षहरुको नेतृत्वमा क्षेत्रगत रुपमा जिम्मेवारी तोकिएको महासचिव चालिसेले बताए ।
बर्मिङहम र वेष्ट ब्रमिचमा उपाध्यक्ष चन्द्र साहानी र सल्लाहकार सुरेश भन्डारी, नटिङहममा उपाध्यक्ष डिलाराम गौतम, महासचिव विष्णु चालिसे र कोषाध्यक्ष लाल थापा, क्याम्रिज र पिटरबरोमा भवन समिति संयोजक डा पुष्प उप्रेती र दल बुढाथोकी, लेष्टर र मिल्टन केन्समा निवर्तमान अध्यक्ष एवम् सल्लाहकार राजु कंडेल र कार्यसमिति सदस्य सुरेश परियार, वुल्भरह्यम्पटनमा कोषाध्यक्ष गंगा गौतम र मुक्ति सुवेदी, स्वीन्डनमा भवन समिति सचिव धन बुढाथोकी र अशोक बुढाथोकी, लन्डन र वेल्समा उपाध्यक्ष डिलाराम गौतम र एरिया संयोजक सचिव राजु सापकोटा तथा स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा उपाध्यक्ष एवम् एरिया संयोजक संयोजक गोविन्द कंडेल, संस्थापक अध्यक्ष रेशम बुढाथोकी र सचिव सुजन गौतमलाई जिम्मेवारी दिइएको छ।
समाजले सदस्यता नवीकरणका साथै नयाँ सदस्यता लिने प्रक्रिया सहज बनाउन अनलाइनमार्फत हुने सुविधा पनि गरेको छ। जसको लागि गल्कोट समाज यूकेको वेबसाइट मा गएर आफ्नो विवरण भर्न सकिनेछ । सदस्यता शुल्क २ वर्षको लागि १२ पाउन्ड तथा आजीवन सदस्यताका लागि २ सय पाउन्ड छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५