बेलायतमा ओएनएफ यूकेले गर्यो ‘मिसन ग्रासरुट’ कार्यक्रम
लण्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले ‘मिसन ग्रासरुट’ कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न गरेको छ ।
प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटी अध्यक्ष सन्जय थापाको प्रमुख आतिथ्यमा साउथ इस्ट लण्डन, नर्थ वेस्ट लण्डन, साउथ वेस्ट, मिडल्याण्ड र स्कटल्याल्डमा विशेष कार्यक्रम भएको हो ।
कार्यक्रममा ओएनएफका नेता कार्यकर्ता सहभागी थिए । माउ पार्टी एमालेले नेपालमा पार्टी र जनतालाई जोड्ने गरि देशभर चलाएको ‘मिसन ग्रासरुट’ कार्यक्रम बेलायतभर पनि संचालन गरिएको छ ।
यस बाहेक ओएनएफका ३६ संगठन रहेका ३६ वटै प्रवासमा विशेष कार्यक्रमसहित अभियान चलाइएको छ ।
यूकेमा झण्डै एक साता चलेको कार्यक्रमले नेता कार्यकर्ताबीच अन्तरक्रियासहित पार्टीका आगामी नीति, प्रवासी नेपालीका मागहरुलाई एक रुपता दिंदै नेतृत्व समक्ष पुरयाउने र समाधान गर्ने गरि एकीकृत ढंगले आफ्नो कार्यकालमा काम गर्न लागेको अध्यक्ष थापाले बताए ।
ओएनएफ यूके अध्यक्ष तुंगभद्र भुसालसहित अन्तरराष्ट्रिय कमिटी अध्यक्ष थापाले लगानी, ज्ञान र सीप हस्तान्तरण तथा प्रवासी नेपालीका अधिकार सवालमा अल्पकालिन र दीर्घकालिन ढंगले कार्ययोजना बनाएको जानकारी दिए ।
थापाले कमिटीमा पद ओगट्ने भन्दा पनि आ-आफ्नो कार्यकालमा ठोस योजनासहित कार्य गर्न ओएनएफ यूके र क्षेत्रीय कमिटीलाई विशेष अनुरोध गरे ।
गत शनिवार र आइतबार दुई दिन प्लमस्टेड, अल्डरसट, कोभेन्ट्री, ह्यारो र स्कटल्याण्डमा भएका मिसन ग्रासरुट कार्यक्रमले संगठनलाई थप बलियो र दरिलो संगठनका रुपमा नेपाली समाज सामु उभ्याएको ओएनएफ यूकेको दावी छ ।
बेलायतका विभ्रिन्न स्थानमा कार्यक्रम गरिएपछि उत्साहित हुँदै अन्तरराष्ट्रिय अध्यक्ष थापाले भने, ‘कार्यक्रम होस त बेलायत जस्तो ।’
पार्टीले दिएको जिम्मेवारी र बेलायतमा रहेका ओएनएफका नेता-कार्यकर्ताहरुको सहभागिताले पार्टीलाई थप उचाईमा पुरयाउने अपेक्षा थापाले गरे ।
श्रीमतिसहित बेलायत आएका अध्यक्ष थापा मार्क्सको समाधिस्थल भ्रमण सकेर मंलबार स्पेन प्रस्थान गरेका छन् । उनलाई ओएनएफ यूके अध्यक्ष भुसाल तथा अन्तरराष्ट्रिय कमिटीका नेताहरु रामशरण सिम्खडा र सरस्वती केसीले विमानस्थलमा विदाई गरे ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५