आइतबार, पुष २८, २०८१
19:56 | ०१:४१

जेलेन्स्की लन्डनमा, लडाकु जेट सम्झौता द्रुत हुनेमा आशावादी

रासस–एएफपी मे १५, २०२३

तस्बिर गेट्टी इमेजेज

लन्डन, १ जेठ–युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका छन् ।

जेलेन्स्कीले रूस विरुद्ध युद्धका लागि ‘जेट गठबन्धन’ सृजना गर्ने बारे आफू धेरै सकारात्मक रहेको र निर्णय नजिकै रहेको तर त्यसका निम्ति केही काम आवश्यक रहेको बताए ।

जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री सुनकलाई चेकर्समा भेट गरि झण्डै दुई घण्टा वार्ता गरेको बीबीसीले जनाएको छ । भेटमा सुनकले युक्रेनलाई सहयोग गर्न प्रतिवद्ध रहेको बताउंदै आफूहरु टाढा नजाने पनि उल्लेख गरेका छन् ।

जेलेन्स्कीले थप लडाकु जेटका लागि आग्रह दोहोरयाएको बताइएको छ । यसैबीच, रसियाले बेलायतले युक्रेनलाई गर्न लागेको अतिरिक्त सहायताप्रति आफू पूर्णः नकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू