आइतबार, पुष २८, २०८१
19:44 | ०१:२९

बेलायतमा रास्वपाको घोषणा भेला आइतबार: रवि, डीपी र स्वर्णिमले सम्बोधन गर्ने

नेपाली लिङ्क मे १२, २०२३

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास नेपाली सम्पर्क विभाग यूकेले आफ्नो पहिलो भेला गर्ने भएको छ ।  

यही मे १४ तारिख आइतबार लण्डनको ह्यारोविल्ड स्थित ब्लु रूम स्पोर्टस भेन्युमा भेला आयोजना हुँदैछ । 

कार्यक्रमलाई पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी आर्यल र नवनिर्वाचित सांसद स्वर्णिम वाग्ले लगायतका केन्द्रीय नेताहरुले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन्।

उक्त अवसरमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेको औपचारिक घोषणा तथा कार्यसमितिको शपथ ग्रहण पनि गरिने कार्यक्रम छ।

यसअघि गत महिना बेलायतका युवा व्यवसायी तथा सामाजिक अभियन्ता पवन शर्माको नेतृत्वमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूके गठन गरिएको थियो। सोही कमिटीमा बेलायतमा विभिन्न पेशा र क्षेत्रमा आबद्ध रास्वपा समर्थकहरु समेटिएको १७ सदस्यीय कार्यसमिति भेलामा घोषणा गरिनेछ।  

कार्यक्रममा रास्वपा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेको अगामी कार्ययोजना र मार्गचित्रबारे पनि अन्तरक्रिया  गरिने उपसभापति कोश्लेश्वर (कृष्ण) ढकालले जानकारी गराए। कुनै आसणग्रहण, भाषण, खादामाला र तडकभडकबिना  सरल र सभ्य रुपमा कार्यक्रम आयोजना हुने उनले बताए ।  

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेका सभापति पवन शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्था र विश्वास राख्ने यूकेबासी सबै नेपालीलाई भेलामा सहभागी हुन आव्हान गरेका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू