आइतबार, पुष २८, २०८१
19:58 | ०१:४३

अन्तर्राष्ट्रिय नर्सिङ दिवसमा महत्वपूर्ण शैक्षिक वेवीनार गर्दै एसोसिएसन

नेपाली लिङ्क मे ११, २०२३

बेलायतका नेपाली नर्सहरु एक कार्यक्रममा

लन्डन । नेप्लिज नर्सिङ एसोसिएसन यूकेले एक शैक्षिक वेवीनार गर्दै अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाउने भएको छ । भोलि १२ मे शुक्रबार भर्चुअल रुपमा नर्सिङ दिवस मनाउन लागिएको अध्यक्ष सुनिता गौतमले जनाइन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइन्छ । सन १९७४ जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो ।

एसोसिएसनले आफ्नो वार्षिक कार्यक्रम नर्सिङ दिवसमा जुराएको छ । वेवीनारमा स्वास्थ्यसंग सम्बन्धित विभिन्न विज्ञहरुले आफ्नो अनुभव र ज्ञान प्रदान गर्नेछन् ।

बिहान १० देखि दिउसो २ बजेसम्म चल्ने वेवीनारमा विभिन्न वक्ताहरुले बेलायतमा अन्तर्राष्ट्रिय नर्सहरुका चुनौति तथा अवसर, अकुपेशनल र प्राक्टिस नर्सका रुपमा काम गर्दाको अनुभव, क्रिटिकल केयर कन्सल्टेन्ट नर्स बन्दाको अनुभव, पुरुष नर्सहरुको करिअर, बेलायतस्थित नेपाली समुदायमा मधुमेह रोग र उपचारको पहुंच आदिबारे प्रवचन तथा अन्तरक्रिया हुने अध्यक्ष गौतमले जनाइन् । उनले सहभागिताका लागि इच्छुक सबैमा आग्रह गर्दै सहभागीलाई सर्टिफिकेट समेत प्रदान गरिने बताइन् ।

कार्यक्रममा एसोसिएसनले गरिरहेका गतिविधि समेत प्रस्तुत गर्ने तालिका छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू