पढ्न यूके आएको केही समयमै बिरामी भएर बितिन् २१ वर्षीया सदिच्छा
लण्डन । उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ ।
निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको बुधबार १० मेमा निधन भएको हो ।
सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।
ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर पढ्न बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको छ ।
वि.सं. २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्णकुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।
परिवारले उनको अन्त्येष्टी नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र शव नेपाल पठाइदिन बाबुले आग्रह गरेकोले आर्थिक सहयोग संकलन थालिएको गैर आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।
उनको परिवारको आर्थिक अवस्था दयनीय भएको बताइएको छ ।
अध्यक्ष गाहामगरले आफ्नो क्षमता अनुसार सहयोग गर्न बेलायतवासी नेपालीलाई अपिल गरेका छन् । उनले सदिच्छाको असामयिक निधनको खबरले सम्पूर्ण गैर आवासीय नेपाली संघ यूके परिवार स्तब्ध भएका पनि उल्लेख गरेका छन् ।
सहयोग गर्न चाहनेलाई:
Bank HSBC
Account Name:
Non-Resident Nepalese Association UK
Sortcode- 40-46-22
Account Number- 51707000
Reference: SADIKSHYA 21
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५